मंगलबार, वैशाख १८, २०८१

लुम्विनीमा व्यापार गर्न खोजे हदैसम्मको कार्वाही गर्ने मन्त्रीको चेतावनी

नेपालखोज २०७६ माघ २६ गते १३:५१

काठमाडौं । काठमाडौं उपत्यका भित्र रहेको विश्व सम्पदाहरुलाई साइकल लेनबाट जोड्ने योजनामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय रहेको मन्त्री योगेश् भट्टराईले जानकारी दिएका छन् । भ्रमण वर्ष २०२० मा पर्यटकलाई आकर्षण गर्नका लागि साईकल लेनको अवधारणा ल्याएको मन्त्री भट्टराईले जानकारी दिए ।

भूकम्पबाट क्षतिग्रस्त भएका सम्पदाहरुको अवस्थाका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले नेपाल विश्व सम्पदा खतरा र कालो सूचिमा नपर्नेमा आश्वास्त पारे । ‘नेपालका सम्पदा कुनै हालतमा पनि कालो सूचिमा पर्दैन ढुक्क हुनुहोस,’ भट्टराईले भने ।

लुम्विनीमा व्यापार भईरहेको प्रसंगमा मन्त्री भट्टराईले परोपकारका लागि खुलेका गुम्वामा कुनै पनि व्यापार गरिएको भेटिएमा हदैसम्मको कार्वाही गर्ने चेतावनी पनि दिएका छन् । ‘लुम्विनीमा बनेका संरचना व्यापारका लागि बनेका होइनन्, सेवाका लागि बनेका हुन्,’ मन्त्री भने ।

प्रतिक्रिया