मंगलबार, वैशाख १८, २०८१

चीनको बेल्ट एन्ड रोड योजनालाई अमेरिकी जवाफ

नेपालखोज २०७८ कार्तिक २५ गते १०:१०

काठमाडौं । अमेरिकाका एक वरिष्ठ सरकारी अधिकारीका अनुसार आगामी जनवरीमा अमेरिकाले ५ देखि १० वटा अन्तर्राष्ट्रिय इन्फ्रास्ट्रक्चर योजनामा लगानीको घोषणा गर्नेछ । यी सबै विशाल परियोजना हुनेछन् जुन संसारका अलग-अलग क्षेत्रमा सञ्चालन गरिनेछन् ।

यो कार्यक्रमको उद्देश्य चीनको बेल्ट एन्ड रोड (बीआरआई) योजनालाई जवाफ दिनु हो । अमेरिकाले चीनको यो महत्त्वाकांक्षी अन्तर्राष्ट्रिय परियोजनाको जवाफमा ग्रुप सेभेन (जी-सात) देशसँग मिलेर एउटा योजना बनाएको छ । जनवरीमा घानाबाट सुरु गरिने अमेरिकी लगानी यही योजनाको प्रारम्भिक कदम हो ।

अमेरिकी सरकारका एक वरिष्ठ अधिकारीका अनुसार यसका लागि राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा उप-सल्लाहकारको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले अनेकौं योजनाबीच कम्तिमा दशवटा परियोजना छनोट गर्नेछ ।

यो प्रतिनिधिमण्डलले यो वर्ष अनेकौं देशक‍ो भ्रमण गरिसकेको छ जसलाई ‘लिसनिङ टुअर्स’ भनिएको छ । केही दिनअघि यो टोली घाना र सेनेगल गएको थियो । त्यसअघि अक्टोबरमा उनीहरुले इक्वाडोर, पानामा तथा कोलम्बियाको भ्रमण गरेका थिए । ती अमेरिकी अधिकारीका अनुसार यो टोलीले २०२२ नलाग्दै एसियाली देशको भ्रमण गर्नेछ । यद्यपि ती एसियाली मुलुकको नाम भने उल्लेख भने गरिएको छैन । यसमा नेपालको स्थान कहाँ छ अज्ञात नै छ ।

अमेरिकाको बी थ्री डब्ल्यू ?
बिल्ड बैंक बेटर वर्ल्ड (बी ३ डब्ल्यू) नामको यो पहल वित्तीय मद्दतको एउटा पहल हो जसका लागि संसारका सबैभन्दा धनी देशहरुको समूह जी-सेभेनले गएको जुनमै स्वीकृति प्रदान गरेको थियो । आगामी जनवरीमा यसमा लगानी सुरु गर्ने योजना छ जसलाई डिसेम्बरमा हुने जी-सेभेनको बैठकले अन्तिम रुप दिनुपर्नेछ ।

जी-सेभेनको यो पहलअन्तर्गत विकासशील देशमा मूलभूत ढाँचा विकसित गर्न वित्तीय सहयोग प्रदान गरिन्छ । बी ३ डब्ल्यूअन्तर्गत २०३५ सम्म विभिन्न विकासशील देशका परियोजनाहरुमा ४०० खर्ब डलर उपलब्ध गराइनेछ । यो योजनाको उद्देश्य चीनद्वारा उपलब्ध गराइने ऋणको विकल्प दिनु पनि हो ।

अमेरिकाले विकासशील देशहरुलाई यो वित्तीय मद्दतअन्तर्गत इक्विटी स्टेक, लोन ग्यारेन्टी, राजनीतिक बिमा, अनुदान, जलवायु, स्वास्थ्य, डिजिटल विकास तथा लैंगिक समानता सुनिश्चित गर्न प्राविधिक विशेषज्ञता आदिमा सहयोग पुर्‍याउनेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन बी ३ डब्ल्यूलाई लिएर उत्साही छन् । हालै जलवायु सम्मेलनमा भाग लिने क्रममा ग्लासगोमा उनले युरोपियन युनियनका अध्यक्ष उरसुला वोन डेर लेयेन, ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसनका साथै जी-सेभेनका अन्य सहयोगीहरुका साथ विशेष बैठक गरी यस विषयमा छलफल गरेका थिए ।

अमेरिकाले भनेको छ- यो योजनामा त्यस्ता कुनै सर्त रहने छैनन् जसका कारण पछि गएर पोर्ट वा एयरपोर्ट आदि कब्जा गर्न सकियोस् ।

चीनको बेल्ट एन्ड रोड एउटा रणनीतिक योजना हो जसका माध्यमबाट चीन एसिया, अफ्रिका तथा युरोपलाई जमिन अनि समुद्री बाटो निर्माण गरी एक-अर्कासँग जोड्न चाहन्छ ताकि व्यापार तथा अन्य सम्पर्क सहज होस् । यो योजनाअन्तर्गत चीनले विभिन्न देशमा इन्फ्रास्ट्रक्चरका अनेकौं योजना सुरु गरिसकेको छ ।
-रोयटर्स

प्रतिक्रिया