चिनियाँ राष्ट्रपति सीलाई ‘गार्ड अफ अनर’ प्रदान
नेपालखोज
२०७६ असोज २५ गते १७:२५
२५ असोज २०७६, काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई गार्ड अफ अनर प्रदान प्रदान गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई नेपाली सेनाले सम्मानस्वरुप ‘गार्ड अफ अनर’ प्रदान गरेको हो ।
नेपाली सेनाले २१ तोपको सलामी समेत दिएको छ । त्यस क्रममा दुवै देशका राष्ट्रिय धुन बजाइएको थियो ।
त्यसअघि राष्ट्रपति सीलाई विमानस्थलमा समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीलगायत उच्च पदस्थ अधिकारीहरुले स्वागत गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया