शनिबार, वैशाख १३, २०८२

प्रहरी प्रमुख खनाल आजबाट अवकाश लिँदै, नयाँ प्रमुखमा ज्ञवालीको सम्भावना

नेपालखोज २०७६ माघ २७ गते १५:०३

काठमाण्डौ । नेपाल प्रहरीका प्रमुख आईजिपी सर्वेन्द्रनाथ खनालले आजबाट अवकाश पाउँदैछन् । सम्भवतः नेपाल प्रहरीले आजै नयाँ नेतृत्व प्राप्त गर्नेछ ।

प्रहरी नियमावलीबाट ३० बर्षे सेवा अवधिको प्रावधान हटाउने प्रयास गरिएतापनि त्यो असफल भएपछि खनालले स्वतः अवकाश पाउँदैछन् । उनीपछि मंगलबार नेपाल प्रहरीले २७ औं नयाँ नेतृत्व पाउनेछ । प्रहरीको नयाँ नेतृत्व भने डीआईजीमध्येबाटै हुनेछ । प्रतिस्पर्धामा डीआईजी ठाकुर ज्ञवाली र तारणी लम्साल छन् । उनीहरू दुवै २०४७ असार २५ देखि प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।

नयाँ प्रहरी प्रमुखमा ज्ञवाली र लम्साल प्रतिस्पर्धी रहेतापनि हालका डीआईजी ठाकुर ज्ञवाली नयाँ आईजीपी नियुक्त हुने सम्भावना रहेको बताइएको छ ।

यसअघि हालका आईजीपी सर्वेन्द्र खनालसहित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले सेवा अवधिका कारण २९ माघमा अवकाश पाउँदैछन् ।

यदि नियमावलीबाट सेवाहदको प्रावधान हटेको भए हालका आईजीपी खनालको कार्यकाल लम्बिने सम्भावना रहेको थियो भने खनालकै समकक्षी केदार रिजाल उनका उत्तराधिकारी बन्ने थिए । यद्यपि, सेवाअवधि नहट्ने संकेत प्राप्त भएपछि प्रहरी प्रधान कार्यालयले वैकल्पिक टोलीबाट नियुक्त हुने नयाँ आईजीपीको स्वागतको तयारी थालेको बुझिएको छ । यसको निम्ति केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले उपत्यकाका सबै प्रहरी युनिटलाई स्वागतको तयारी थाल्न निर्देशात्मक पत्राचार गरिसकेका छन् ।

बिहीबारै गरिएको पत्राचारमा २९ माघका दिन नवनियुक्त प्रहरी महानिरीक्षकको स्वागत, पदवहाली तथा निर्देशन सम्बोधनको कार्यक्रम राखिएको भनिएको छ ।

ठाकुर र तारिणीमध्ये एक जना सेवाअवधि कायमै रहे पाँच महिनासम्म प्रहरीको नेतृत्व सम्हालेछन् । उमेर हदका कारण उनीहरुले २४ असारमा अवकाश पाउनेछन् ।

प्रहरी नियमावलीमा आईजीपीको नियुक्ती गर्दा ज्येष्ठता, कार्यदक्षता र कार्यसम्पादन मूल्यांकनलाई आधार मान्नुपर्छ । प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ मा प्रहरी महानिरीक्षकमा बढुवा गर्दा अतिरिक्त महानिरीक्षक एआईजी मध्येबाट गर्नुपर्ने उल्लेख छ । तर, एआईजी नभएको अवस्थामा सरकारले डीआईजीमध्ये बाटै आईजीपी नियुक्ति गर्न सक्नेछ । तर, सरकारले प्रायः प्रहरी प्रमुखमा आफू अनुकुल व्यक्तिलाई नै छनौट गर्ने प्रचलन छ ।

ज्ञवाली आईजीपी भएको अवस्थामा तीन एआईजीका लागि लम्सालसहित डीआईजी सूर्य उपाध्याय, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, प्रधुम्न कार्की, नीरजबहादुर शाही र विश्वराज पोखरेलबीच प्रतिस्पर्धा हुनेछ । एआईजी बढुवामा भने समय लाग्ने सम्भावना छ । पछिल्लो समय डीआईजीबाटै एआईजी बनाउनुपर्ने अवस्था भएपनि २८ औं महानिरीक्षक भने एआईजीबाटै हुनेछ । त्यसैले एआईजीमा पर्न सबैले दौडधूप तीव्र बनाएका छन् ।

वर्तमान आईजीपी खनालका ब्याजी १७ डीआईजीहरू पनि माघ २८ मै अवकाश पाउनेछन् । खनालसहितको यो समूह २०४६ माघ २९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेको हो । डीआईजीसमेत खाली हुने भएकाले एसएसपीहरूबीच पनि बढुवाका लागि प्रतिस्पर्धा हुनेछ ।

वरियतामा ठाकुर अगाडि रहेकाले उनी नै महानिरीक्षकका प्रबल दाबेदार हुन् । विगतमा जस्तो यसपटक महानिरीक्षकका लागि तीब्र प्रतिष्पर्धा पनि देखिँदैन ।

उनीहरु २७ असार २०४७ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । यो टोलीका सूर्यप्रसाद उपाध्याय डीआईजी बढुवा हुँदा ९१ औं ब्याचका शैलेश थापा क्षेत्री, हरि पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्कीभन्दा पछि परेपछि प्रतिष्पर्धामा छैनन् ।

ठाकुर र तारिणीमध्ये एक जना सेवाअवधि कायमै रहे पाँच महिनासम्म प्रहरीको नेतृत्व सम्हालेछन् । उमेर हदका कारण उनीहरुले २४ असारमा अवकाश पाउनेछन् ।

उनीहरु छोटो समयका लागि आईजीपी बन्ने भएकाले अहिले एआईजी बढुवाका लागि दौडधुप बढेको छ । आईजीपी नियुक्तिभन्दा एआईजी बढुवाका लागि भइरहेको प्रतिष्पर्धा तीब्र देखिन्छ।

 

प्रतिक्रिया