चीनको हुबेइबाट नेपालीहरुलाई उद्धार गर्न वायुसेवाको विमान पठाउने तयारी
काठमाण्डौ । चीनको हुबेइ प्रान्तबाट स्वदेश फिर्ता हुन चाहने नेपालीलाई ल्याउन सरकारले नेपाल वायुसेवा निगको बाइडबडी ए–३३० विमान चीन पठाउने तयारी गरेको छ ।
कोरोना भाइरस फैलिएको उक्त प्रान्तमा रहेका नेपालीहरुलाई नेपाल फिर्ता ल्याउन आफन्तहरुले दबाब दिइरहेका बेला आइतबार मात्र सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगम पदाधिकारीबीच छलफल भएको थियो । निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार चीनमा रहेका नेपालीहरुको उद्धार गर्न आन्तरिक तयारी भइरहेको छ । नेपाल खोजसँग कुराकानी गर्दै खड्काले भनिन्, ‘अबको केही दिनभित्रै नेपाली विमान त्यसतर्फ पठाउने हामी तयारीमा छौं । सरकारले निर्णय गर्ना साथ हामी त्यसतर्फ विमान पठाउँछौं ।’
मन्त्रालय र निगमका पदाधिकारी एवं प्रतिनिधिबीच भएको छलफलमा मन्त्रालयले वाइडबडी विमान लैजानका लागि निगमलाई आग्रह गरेको छ। निगमले पनि नियमित ‘विजिनेसमा असर नपर्ने गरी वाइडबडी विमान पठाउने वचन दिइसकेको छ।
प्रतिक्रिया