अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी,नियन्त्रणको प्रयास जारी
नेपालखोज
२०७६ माघ २७ गते २०:४७
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी भएको छ ।
आगलागी विमानस्थल भित्रको कफी सपमा भएको प्रहरीले जनाएको छ ।
जुद्ध बारुणयन्त्र, नेपाली सेनाको दमकलको प्रयोग गरी आगलागी नियन्त्रणको प्रयास भईरहेको छ ।
विमानस्थलको कफी शपमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखिएको बताइको छ ।
आगलागी पश्चात विमानस्थलमा उडान अवरुद्ध भएको छ ।
सम्बन्धित
प्रतिक्रिया