साइबेरियामा खानी दुर्घटनामा परी ११ जनाको मृत्यु, दर्जनौ वेपत्ता
नेपालखोज
२०७८ मंसिर ९ गते २१:४९

काठमाडौं । साइबेरियाको खानीमा भएको दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अरु दर्जनौ वपत्ता भएका छन् ।
खानीभित्र निसास्सिएर उनीहरुको मृत्यु भएको जनाइएको छ । वेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको पनि अधिकारीहरुले जनाएका छन् ।
देशको केमेरोभो क्षेत्रमा पर्ने ग्रामोतेइनो गाउँमा रहेको खानीमा दुर्घटना भएको हो । दुर्घटनामा परेर वेपत्ता भएका ४६ जनाको अहिले पनि खोजी भइरहेको जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया