मंगलबार, वैशाख १६, २०८२

एसियामा खडेरी !

नेपालखोज २०७८ मंसिर १२ गते ११:५८

काठमाडौं । एसियामा संसारकै सबैभन्दा शुष्क र अर्ध-शुष्क क्षेत्र छ । य‍ो क्षेत्र १,१४५ वर्ग किलोमिटरमा फैलिएको छ । यस्तो शुष्क क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव बढी पर्छ ।

एसियाको शुष्क क्षेत्र पश्चिमको क्यास्पियन सागरदेखि पूर्वको मन्चुरियासम्म फैलिएको छ । यसमा मंगोलिया, उत्तर पश्चिमी चीनका साथै मध्य एसियाली मुलुक पर्छन् । सुक्खाका कारण स्थानीय कृषि, जल संसाधन तथा पर्यावरणमा गम्भीर प्रभाव पर्छ । चीनको विज्ञान प्रतिष्ठानअन्तर्गतको झिङजियाङ इन्स्टिट्युट अफ इकोलोजी एन्ड जियोग्राफीका शोधकर्ताहरुले यसमा एउटा नयाँ अध्ययन गरेका थिए । अध्ययन नतिजाअनुसार भविष्यमा संसारभर सुक्खाको स्थिति अझ तीव्र गतिमा बढ्दै जानेछ । यो अध्ययन रिपोर्ट सेन्सिङ नामक पत्रिकामा प्रकाशित भएको छ ।

शोधकर्ताहरुले चीन, दक्षिण एसियाका साथै संसारभर ठूलो स्तरको सुक्खाको अनुमान गरेका छन् । भनिन्छ ग्रिनहाउस ग्यास (जीएचजी) को बढ्दो मात्राले कैंयन् क्षेत्रलाई सुक्खाको चपेटामा लिन सक्छ । शोध परिणामअनुसार विभिन्न प्रकारका सामाजिक-आर्थिक मार्गका कारण भविष्यमा संसारभरको जमिन बढी सुक्खा हुने प्रवृत्ति बढेको छ ।

शोधकर्ताहरुका अनुसार भविष्यमा सुक्खा थोरैपटक परे पनि सुक्खाको अवधि लामो र अधिक तीव्र हुनेछ । भविष्यमा सुक्खाक‍ो य‍ो अवधि (२०२१ देखि २०६० सम्म) १०.८ महिना रहनेछ भने त्यसपछिको ४० वर्षमा यो (२०६१ देखि २१०० सम्म) १३.४ महिनासम्म लामो हुन सक्छ । १९६० देखि २००० सम्म यसको अवधि ६.६ महिनासम्म थियो ।

जर्नल नेचर कम्युनिकेसन्समा प्रकाशित एउटा अर्को अध्ययनअनुसार मनसुनकै मौसममा भारतीय उपमहाद्वीपमा सुक्खा देखिएको थिय‍ो । अचानक देखापर्ने यस्तो खडेरीले खासगरी उष्णकटिबन्धीय तथा उपोष्णकटिबन्धीय क्षेत्रलाई सताएको छ । उक्त क्षेत्रमा ब्राजिल, साहेल, ग्रेट रिफ्ट भ्याली तथा भारतीय उपमहाद्वीपको एउटा ठूल‍ो भाग पर्छ ।

इन्भारमेन्टल रिसर्च लेटर्समा प्रकाशित एउटा अर्को अध्ययनअनुसार जुन क्षेत्र पहिलेदेखि नै शुष्क छन् । ती २१ओैं शताब्दीको अन्त्य सम्ममा ठूलो खडेरीको सिकार हुन सक्छन् । खडेरीको सबैभन्दा गम्भीर मार अस्ट्रेलिया, मध्यपूर्व, दक्षिण अफ्रिका, अमेजन बेसिन, उत्तरी अफ्रिका, युरोप तथा मध्य एसियाक‍ो शुष्क क्षेत्रमा पर्न सक्छ । त्यसका अतिरिक्त, युरोप तथा अमेजन रिभर बेसिनले पनि सुक्खाक‍ो सामना गर्नुपर्ने हुनसक्छ ।
तस्बिर : विकिपेडिया

प्रतिक्रिया