राष्ट्रपति भण्डारी आज लुम्बिनी जाँदै
नेपालखोज
२०७८ मंसिर १६ गते ११:०५

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारी आज (बिहीबार) लुम्बिनी प्रस्थान गर्दैछिन् । लुम्बिनी बौद्ध विश्व विद्यालयमा आयोजित त्रियान प्रज्ञा सम्मेलन समारोह र विश्व विद्यालयको पुस्तकालय भवन उद्घाटन गर्न राष्ट्रपति भण्डारी लुम्बिनी प्रस्थान गर्न लागेकी हुन् ।
उनी दिउँसो १ वजे सम्मेलनस्थलमा पुग्ने कार्यसूची छ । राष्ट्रपति भण्डारीले आजै कपिलवस्तुको बाणगंगामा निर्मित कैलाश आश्रमको निरीक्षण गर्नेछिन् ।
सम्बन्धित
प्रतिक्रिया