मंगलबार, वैशाख १८, २०८१

आन्तरिक प्रतिस्पर्धामा हस्तक्षेप भएको थापाको आरोप

नेपालखोज २०७८ मंसिर १९ गते ९:३६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै पराजय स्वीकार गरेको जनाएका छन् । अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दै उनले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले प्रतिकुल परिस्थितिमा विश्वास र भरोसा गर्ने पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिएका छन् । उनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा पूर्व राजसंस्थाको हस्तक्षेपको भएको भन्दै भत्सर्ना गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले राहत र उन्मुक्ति पाएको छु।’

प्रतिक्रिया