आइतबार, जेठ ५, २०८२

भारतमा ओमिक्रोन संक्रमण बढ्दो, संक्रमितको संख्या २१ पुग्यो

नेपालखोज २०७८ मंसिर २० गते ९:३५


काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएको छ । समाचार एजेन्सी एएनआईका अनुसार आइतबार महाराष्ट्रमा ७, राजस्थानमा ९ र दिल्लीमा १ जनामा ओमिक्रोन भेरियन्टबाट संक्रमित भएको पुष्टि भएको छ । योसँगै भारतमा ओमिक्रोन संक्रमितको कुल संख्या २१ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १७ जनामा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको बीबीसीले उल्लेख गरेको छ । विश्व स्वास्थ्य संगठनले लगातार नयाँ कोरोना भेरियन्टलाई चिन्ताको विषयको रूपमा लिएको छ ।

गत शुक्रबार विश्व स्वास्थ्य संगठनले संक्रमणको संख्याको हिसाबले ओमिक्रोन भेरियन्टले डेल्टा भेरियन्टलाई पछाडि पार्न सक्ने जनाएको थियो । नोभेम्बरको सुरुवातमा दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोनको संक्रमण अरु देशमा पनि देखिन थालेको हो ।

प्रतिक्रिया