भारतमा एकैदिन पाँच गुणाले बढे ओमिक्रोनका संक्रमित
नेपालखोज
२०७८ मंसिर २० गते ११:१०

काठमाडाैं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणका मामिला एकैदिन एक्कासी पाँच गुनाले बढेको छ । समाचार एजेन्सी एएनआइका अनुसार आइतबार महाराष्ट्र राज्यमा ७, राजस्थानमा ९ र दिल्लीमा १ जना ओमिक्रोन सङ्क्रमित फेला परेका छन् ।
कति पुगे भारतमा ओमिक्रोन संक्रमित ?
पुष्टि भएका पछिल्ला मामिलासँगै अब भारतमा ओमिक्रोन सङ्क्रमितको कुल सङ्ख्या २१ पुगेको छ । विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई चिन्ताको विषय बताएको छ । संक्रमकतालाई हेर्दा यसले अघिल्लो डेल्टा भेरियन्टलाई समेत पछि पार्न सक्ने बताइएको छ ।
डब्लुएचओकी वैज्ञानिक सौम्या स्वामिनाथनले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै यो डेल्टाभन्दापनि संक्रमक भएको बताएकी छन् । बीबीसी
सम्बन्धित
प्रतिक्रिया