आइतबार, जेठ ५, २०८२

महाधिवेशनमा कांग्रेसले शक्ति प्रदर्शन नगर्ने

नेपालखोज २०७८ मंसिर २० गते १२:१६

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी सभापतिमा फेरि पनि आफ्नो दाबी रहने संकेत गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बिहान आफू निकट केही पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका छन् ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकाले पार्टीको १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने पनि उनले जनाएका छन् । कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।

प्रतिक्रिया