विवाह पञ्चमीले आपसी सद्भाव बढाउने राष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमीले मौलिक संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले भौगोलिक तथा सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव,सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन विवाह पञ्चमीले सहयोग पुर्याउने विश्वास लिएकी हुन् ।
उनले भौगोलिक तथा सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव,सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन पनि विवाह पञ्चमीले सहयोग पुर्याउने विश्वास लिएकी छन् ।
विवाह पञ्चमीको अवसरमा शुभकामना दिँदै उनले प्राचीनकालदेखि मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवम् ऐतिहासिक महत्व रहेको उल्लेख गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालीहरूमा बृहत् राष्ट्रिय एकताको भावनालाई थप सुदृढ बनाउँदै समतामूलक,सभ्य र सुसंस्कृत समाजको निर्माण गर्न अग्रसर हुन सबै नेपालीमा प्रेरणा मिलोस् भन्ने कामना पनि व्यक्त गरेकी छन् ।
प्रतिक्रिया