प्रेसले प्रतिपक्षको मात्र भूमिका खेल्नु हुँदैन : मन्त्री बाँस्कोटा
काठमाण्डौ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न नहुने बताएका छन् ।
विहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले सरकारले गरेका राम्रा कामको प्रेसले तथ्यपरक ढंगबाट प्रचार गर्नुपर्ने धारणा राखे । उनले भने, जनतालाई जे भनेका थियौं, त्यो गरिरहेका छौँ, धेरै गरिपनि सकेका छौं ।’
उनले सरकारले नराम्रो केही काम नगरको दाबीसमेत गरे। ‘जति गरियो राम्रै गरेका छौं’ उनले भने ।
मन्त्री बाँस्कोटाले सरकामाथि लागेको अधिनायकवादको आरोपले हावा खाएको बताएका छन् ।
मन्त्री बाँस्कोटाले कालापानी र लिम्पियाधुराको विषयमा सरकारले स्पष्ट अडान र तथ्य राखेको बताए। बाँस्कोटाले सीमा समस्यामा सरकारले राखेको अडान र तथ्यको बारेमा स्पष्ट पार्दै यस्तो बताएका हुन्। बाँस्कोटाले नेपाल सार्वमौमसत्ताको रक्षा र सुरक्षाको लागि सरकार प्रतिबद्ध रहेको बताए।
उनले भ्रष्टाचार नियन्त्रणमा समेत सरकारले उल्लेखनीय कार्य गरेको भन्दै अहिले नेपालमा भ्रष्टाचारको सूचकांकमा सुधार आएको समेत बताए ।
प्रतिक्रिया