बिहीबार, असार १९, २०८२

‘आजको जस्तो कार्यक्रम मेरो राजनीतिक इतिहासमा अहिलेसम्म देखेको छैन’

नेपालखोज २०७८ मंसिर २४ गते १५:४५

काठमाडौं । भारतीय जनता पार्टीका नेता एवं पूर्वमन्त्री हर्ष वर्धनले आजको जस्तो कार्यक्रम आफ्नो राजनीतिक इतिहासमा अहिलेसम्म नदेखेको बताएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना सम्बोधन गर्दै नेता हर्ष वर्धनले आफूले यति धेरै पूर्वप्रधानमन्त्रीलाई एकै पटक एउटा मञ्चमा नदेखेको बताए ।

नेपालको राजनीतिक दलहरुमा भएको एकताको भावनालाई सम्मान गर्नुपर्ने बताउँदै अन्य देशका नेताहरुले पनि यसलाई अनुसरण गर्नुपर्नेमा जोड दिए ।

भारतीय केन्द्रीय मन्त्री समेत रहेका हर्ष वर्धनले भारतले २०७२ सालमा आएको भूकम्प र कोभिडको समयमा पनि नेपाललाई सहयोग गरेको स्मरण गरेका छन् । उनले भारतीय प्रधानमन्धी नरेन्द्र मोदी, आफ्नो भारतीय जनता पार्टीलगायत भारतीय जनता पार्टीले नेपाल-भारतबिच थप सम्बन्ध बलियो भएको हेर्न चाहेको बताएका छन् ।

प्रतिक्रिया