सुनको मूल्य बढ्यो,चाँदीको स्थिर
नेपालखोज
२०७८ मंसिर २९ गते ११:४८

काठमाडौं । सुनको मुल्य आज पाँचसय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर छ । सुनचाँदी बजारमा आज छापावाल सुन प्रतितोला ९२ हजार तीनसय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला ९२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य आज प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कामय भएको छ । मंगलबार प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम थियो ।
आज चाँदी अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर छ । चाँदीको मूल्य आज प्रतितोला एक हजार २१० रुपैयाँ कामय भएको छ ।
सम्बन्धित
प्रतिक्रिया