भारतमा प्रत्येक २५ मिनेटमा एक गृहिणीद्वारा आत्महत्या !
नेपालखोज
२०७८ पुष २ गते ७:५१

काठमाडाैं । भर्खरै भारतको न्याश्नल क्राइम रेकर्ड्स ब्यूरो एनसीआरबीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष देशभरि २२ हजार ३७२ गृहिणीहरूले आत्महत्या गरेका थिए । त्यसले दैनिक औसतमा ६१ जना वा प्रत्येक २५ मिनेटमा एक गृहिणीले आत्महत्या गरिरहेको देखाउँछ ।
सन् २०२० को तथ्याङ्कअनुसार भारतमा १ लाख ५३ हजार ५२ आत्महत्याका घटनामध्ये १४.६ प्रतिशतमा गृहिणीहरूले अकाल मृत्युवरण गरेका छन् । यो सङ्ख्या आत्महत्या गर्ने कुल महिलाहरूको ५० प्रतिशतभन्दा धेरै हो । बीबीसी
सम्बन्धित
प्रतिक्रिया