कुबेरलाई कसरी पूज्ने ?

देवतामध्येका सबैभन्दा धनी देवताको रुपमा कुबेरलाई मानिन्छ । कुबेरको पूजा तथा उपसना गरेमा धन लाभ हुने धार्मिक विश्वास छ । कुबेरको पूजा गर्नका लागि सबैभन्दा उत्तम बारका रुपमा शुक्रबारलाई मानिन्छ ।
तामाको एक प्लेटबाट कुबेर यन्त्र बनेको हुन्छ । त्यो नै कुबेर यन्त्र हो । यस्तो यन्त्रलाई आफ्नो घर, अफिस तथा पसलहरुमा राख्न सकिन्छ ।
कुबेर यन्त्र हरेक पटक आफ्नो आँखाले देख्ने गरी राख्नुपर्छ । यसको मुख उत्तर वा पूर्वी दिशामा फर्काएर राख्ने गर्नुपर्छ । हरेक बिहान पूजा गर्दा सुगन्धित धुप बाल्नुपर्ने हुन्छ । जसले गर्दा घरमा सकारात्मक उर्जा प्रदान गर्छ र नकारात्मक उर्जा हटेर जान्छ । कुबेर यन्त्रको पूजा गर्दा भगवान कुबेरको मन्त्र जप गर्नुपर्छ ।
ॐ श्रीं ह्रीं क्लीं श्रीं क्लीं वित्तेश्वराय नमः।। यो मन्त्र हरेक बिहान २१ या १०८ पटक जप गर्नुहोस् ।
पुजा सामाग्री :
धनका देवताको रुपमा पूजिने कुबेरको पूजा गर्दा हल्दी, जल, उखु, कुबेर यन्त्र, पहेलो बस्त्र, कलश, आँपको पात, पुष्प अक्षता, चन्दन, कुमकुम, पीपलको पात, सुपारी, दीप, घ्यू, तेल, दही, धूप, आदि आवश्यकता पर्छ ।
कसरी गर्ने पूजा ?
शुक्ल पक्षको कुनैपनि शुक्रबार रात्रिमा कुबेरको पूजा शुभारम्भ गर्नुपर्नेछ । भोलिपल्ट बिहान काममा जानु भन्दा अगाडि कुबेरको आशिक लिएर घरबाट निस्किएमा तपाईलाई दिन सुखमय बित्नेछ भने धन प्राप्ति हुने योग बन्ने विश्वास गरिन्छ ।
प्रतिक्रिया