सोमबार, असार ९, २०८२

नेपाल इन्भेष्टमेन्ट बैंकले वार्षिक साधारणसभाबाट ‘मर्जर प्रस्ताव’ पारित गर्ने

नेपालखोज २०७८ पुष १० गते १७:२६

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले २९औं वार्षिक साधारणसभाको आह्‌वान गरेको छ । एक विज्ञप्ति जारी गर्दै बैंकले यही पुस ३० गते साधारणसभा गर्ने जनाएको हो ।

बैंकको केन्द्रिय कार्यालय कमलाद्धीमा हुुने बार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्ताव पारित गर्ने छ । मर्जरको लागि दुबै बैंकबीच एक बराबर एकको स्वाप् रेसियो कायम गरिने र मर्जर पछि बन्ने बैंकको नाम हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंक लिमिटेड राखिने प्रस्ताव पनि पारित गर्ने तयारी बैंकले गरेको छ ।

बैंकले अधिकृत पुंजी १५ अर्ब रुपैयाँलाई बृद्धि गरी १६ अर्र्ब पुर्याउने प्रस्ताव पनि पारित गर्ने तयारी गरेको छ । मर्जर पछि बन्ने बैंकको सञ्चालक समितिको अध्यक्षमा पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतमामा अशोक शमसेर राणा रहने सहमति यस अघि नै भएको थियो ।

त्यसैगरी मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिमा दुबै बैंकको तर्फबाट तीन-तीन जना सञ्चालक नियुक्त हुने र नयाँ सञ्चालक समितिले स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा सात जनाको सञ्चालक समिति बनाइने जनाइएको छ ।

प्रतिक्रिया