चौबीस घण्टामा थपिए २१९ जना संक्रमित, २८३ डिस्चार्ज
नेपालखोज
२०७८ पुष ११ गते १६:३२

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थपिए २१९ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ७ हजार १८० जनाको पीसीआर परीक्षण गर्दा २१३ र २ हजार ४९७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६ जना गरि कुल २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको कुल संख्या ४ हजार ९०६ रहेको छ ।
त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप २८३ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख १० हजार ७८० पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ प्रतिशत पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५८५ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया