चौबीस घण्टामा २७१ संक्रमित थपिए, २२५ जना डिस्चार्ज
नेपालखोज
२०७८ पुष १२ गते १५:५५

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ९ हजार १५७ जनाको पीसीआर परीक्षण गर्दा २५१ र १ हजार ७२९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २० जना गरी कुल २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको कुल संख्या ४ हजार ९३१ रहेको छ ।
त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप २२५ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख ११ हजार ५ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ प्रतिशत पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५८६ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया