नियमित व्यायाम गर्नाले यस्ता फाइदा पु¥याउँछ
नियमित रूपमा ३० मिनेट व्यायाम गर्दा अनगिन्ती फाइदाहरु हुन्छन् । यस्ता छन् फाइदाहरुः
१ मस्तिष्कको कार्यक्षमता बढ्छ
मानिसहरू नियमित व्यायाम गर्न सक्दैनन् । त्यसैले कुनै न कुनै बहाना बनाएर व्यायामलाई टारिदिन्छन् । तर, दैनिक ३० मिनेटको व्यायामले स्मरण शक्तिमा सुधार हुने निष्कर्ष हालै भएको एक अध्ययनले देखाएको छ । स्मरण शक्तिमा मात्र सुधार नभई यसले दिमागले काम गर्ने तरिकामा पनि परिवर्तन ल्याउन सक्छ ।
लगभग २ घन्टा ३० मिनेट नियमित व्यायाम गर्दा वृद्ध मस्तिष्क र शरीर स्वस्थ हुने निष्कर्ष पनि उक्त अध्ययनले देखाएको छ । न्यु युनिभर्सिटी अफ मेरिल्यान्डका अध्ययनकर्ताहरूले उक्त अध्ययन ५० देखि ५८ वर्ष उमेरका २६ जनालाई लिएर अध्ययन गरेका थिए ।
२.उमेर बढ्दै जाँदा कम हुन्छ स्मरण शक्ति
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जनाएअनुसार ६० वर्षभन्दा बढी उमेरका १३ प्रतिशत मानिसमा कुनै कुरा याद गर्न खोज्दा याद आउँदैन ।
सेन्टरका अनुसार अहिले विश्वमा अल्जाइमरको खतरा बढिरहेको छ । त्यसैले व्यायाम गर्न अति आवश्यक भएको बताइएको छ ।
६० देखि ७० वर्षको उमेरमा मस्तिष्कका कोषिका खुम्चिन थाल्छन् । त्यसैले ६० भन्दा बढी उमेरका १३ प्रतिशत मानिस बितेका कुरा सम्झन असमर्थ हुन्छन् । शोधकर्ताका अनुसार फरक–फरक समयमा फरक किसिमको सम्झना बन्ने गर्छन् । यी सबैलाई याद गर्नका लागि सबैभन्दा उत्तम उपाय भनेको व्यायाम नै हो ।
शारीरिक गतिविधिले मस्तिष्कमा सकारात्मक प्रभाव पार्छ । हार्वर्ड हेल्थ ब्लगका अनुसार नियमित व्यायामले मस्तिष्कको कोषिकामा सुरक्षात्मक प्रभाव पर्छ । यसले सोच्ने क्षमतामा पनि विकास हुन्छ ।
प्रतिक्रिया