सोमबार, असार ९, २०८२

वृश्चिक राशिको वार्षिक भविष्य

नेपालखोज २०७८ पुष १९ गते ८:५८

यो वर्ष वृश्चिक राशि हुनेहरुका लागि मिश्रित परिणाम हासिल होला । तपाईं अव्यावहारिक तथा अव्यवस्थित हुनसक्नुहुन्छ । आफूलाई आवश्यकताभन्दा बढी सुविधाभोगी नबनाउनु होला । धेरै आराम खोज्नु आफैंलाई हानि पुर्याउनु हो किनभने यसले तपाईंका योजनाहरुमा बाधा खडा गर्नेछ । यो वर्षका आलस्यको त्याग र आफूलाई सन्तुलित राख्नसक्नुमै तपाईंको सफलता निर्भर गर्दछ ।

आजीविका : उच्च पदाधिकारीहरुसँग विवाद वा बहस, तर्क-वितर्क हुनसक्छ । विचारमा मतभेद देखापर्नेछ । तपाईंले वाणीमा नियन्त्रण राख्नुपर्नेछ । धैर्यपूर्वक काम गर्नुहोला । आफ्नो कुराका लागि सही समयको प्रतीक्षा गर्नुहोस् । अनावश्यक विवादबाट जोगिनु नै राम्रो हो किनभने त्यसले तपाईंको मानसिक शान्ति भंग गर्नेछ । आफूलाई सन्तुलित राख्नुपर्ने आवश्यकता छ । आलस्य तपाईंको विचार तथा सपनामा हावी हुन थाले सारा योजना भताभुङ हुनेछन् । आत्मविश्वास कायम गर्दै अघि बढ्नुहोला ।

पारिवारिक जीवन : पारिवारिक जीवन औसत रहला । बाहिर कतै घुम्न जाने तथा आनन्ददायक समय बिताउने अवसर जुट्नेछ । अविवाहितहरुले हल्‍का फुल्‍का फ्लर्टिंङ गर्न सक्छन् । परिवारमा आपसी सहयोगको भावना कायम रहनेछ । कुनै कारणवश केही समस्या भए परिवारले एकजुट भएर त्यसको समाधान निकाल्नेछ । माता-पिता तथा अन्य मान्यजनसँगको सम्बन्ध अझ प्रगाढ होला । घरका बालबालिकाको अध्ययन-अध्यापनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।

आर्थिक जीवन : आर्थिक दृष्टिले केही दिक्क लगाउने खालको वर्ष छ । राम्रा लत्ताकपडा, खानपिन, लग्जरियस वस्तु तथा विदेश यात्रामा बढी नै खर्च हुन सक्छ । धनको अपव्ययबाट जोगिनुहोला । खर्च गर्दा खास ध्यान पुर्याउनु पर्नेछ अन्यथा कुनै पनि समय धनको अभाव महसुस गर्नुपर्नेछ । वित्तीय लेनदेनमा अप्रत्यासित उतार-चढाव देखापर्नसक्छ ।

स्वास्थ्य : परिवारका वरिष्ठ सदस्य बिरामी भई उनक‍ो ख्याल राख्नुपर्ने हुनसक्छ ।

सुझाव : आमा-बुबाक‍ो सेवामा ध्यान लगाउनुहोला । गरिबहरुलाई भोजन गराउनु पनि उपयुक्त हुन्छ ।

प्रतिक्रिया