काठमाडौँमा आज दिनभरजसो तुवाँलो लाग्ने सम्भावना
नेपालखोज
२०७६ फागुन ६ गते ७:४१
काठमाण्डौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मङ्गलबार काठमाण्डौ उपत्यकाका धेरैजसो ठाउँमा दिनभर नै तुवाँलो लाग्ने सम्भावना रहेको छ । यस्तै पूर्वी पहाडको केही ठाउँमा पानी पर्ने सम्भावना पनि रहेको छ ।
अहिले नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भेगमा न्यून चापीय प्रणालीको असर देखिएको छ । यही असरका कारण पहाडी भेगमा दिनभर बदली भइ पूर्वी पहाडका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताइन् ।
तुवाँलोसँगै हावामा धुलो, धुवाँ र बालुवाको मसिनो कण धेरै रहेकोले घरबाहिर निस्कँदा मास्क (मुखावरण) लगाउन डाक्टरहरुले आग्रह गरेका छन् । बुधबार भोली सामान्य पानी परेर तुवाँलो हट्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया