चौबीस घण्टामा ३२६ संक्रमित थपिए, २५५ जना डिस्चार्ज
नेपालखोज
२०७८ पुष १९ गते १६:१८

काठमाडौं । नेपालमा पछिल्लाे चौबीस घण्टा ३२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ९ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा २९१ र २ हजार ७९८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३५ जना गरी कुल ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल ५ हजार ५ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप २५५ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख १२ हजार ६७४ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ प्रतिशत पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५९८ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया