आजदेखि अतिरिक्त खोपको मात्रा लक्षित समूहलाई दिइने
नेपालखोज
२०७८ पुष २० गते १०:०४

काठमाडौं । कोरोनाविरुद्धको अतिरिक्त खोपको मात्रा आजदेखि लक्षित समूहलाई दिइने भएको छ । कोभिडविरुद्धको पूर्णमात्रा खोप लगाएर तीन महिनाको समयावधि पुगेका लक्षित व्यक्तिलाई थप एउटा खोपको मात्रा दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बर्तमान खोप केन्द्रबाट लक्षित वर्गलाई अतिरिक्त खोपको मात्रा दिन लागिएको जनाइएको छ ।बालबालिका खोप लगाउन जाने केन्द्रबाहेक सबै खोप केन्द्रबाट अतिरिक्त खोपको मात्रा लगाउन सकिने भएको छ ।
कोरोनाविरुद्धको थप एउटा अतिरिक्त खोपको मात्रा बुस्टर डोज नभई कमजोर रोग प्रतिरक्षा प्रणाली भएकालाई लगाइने मन्त्रालयले जनाएको छ ।विभिन्न रोगका कारणले प्रतिरोधात्मक क्षमता कम भएका ६० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोपको अतिरिक्त मात्रा दिन लागिएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया