चौबीस घण्टामा थपिए ३९३ कोरोना संक्रमित, ३ को मृत्यु

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ३९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ७९४ जनाको पीसीआर परीक्षणमा ३५५ र १ हजार ५३५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८ जनामा गरि कुल ३९३ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा हाल ५ हजार ९४ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ६०१ पुगेको छ ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट थप २६३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ८ लाख १२ हजार ९३७ पुगेको छ । नेपालमा हाल निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा थप ३ लाख १६ हजार ७७४ जनाले कोरोना भाइसर विरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया