कर्मचारीलाई कोरोना संक्रमणपछि पाल्पा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
नेपालखोज
२०७८ पुष २१ गते ७:०१

पाल्पा । जिल्ला अस्पतालमा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो ।
निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पीसीआर परीक्षण गर्दा नौ जनामा कोरोना संक्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिए ।
अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा पूर्णरूपमा बन्द गरिएको जनाएको छ । मेसुसहित ६ मेडिकल अधिकृत, एक डेन्टल सर्जन, एक पारामेडिक्स र एक ल्याब टेक्निसियनमा कोरोना पुष्टि भएको हो ।
उनीहरु सबै आइसोलेशन बस्नुपरेकाले सेवा बन्द गरिएको पाण्डेयले बताए । जिल्लामा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ ।
सम्बन्धित
प्रतिक्रिया