आइतबार, वैशाख १४, २०८२

गाडेको शव प्रहरी नियन्त्रणमा

नेपालखोज २०७६ फागुन ७ गते ७:०१

भैरहवा । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले गाडेको शव नियन्त्रणमा लिएको छ। रामग्राम नगरपालिका-७ उजौनीका ९ वर्षिय विवेक पासवानको मृत्यु रहस्मय भएपछि प्रहरीले अन्तिम संस्कारकै क्रममा शव नियन्त्रणमा लिइएको हो।

गौतम बुद्धको अस्तु राखिएको नवलपरासीको रामग्राम स्तुपा नजिकै रहेको घाटमा परिवारले अन्तिम संस्कार गर्दै गरेको जानकारी प्रहरीमा आएपछि शवलाई नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी विरेन्द्र थापाले जानकारी दिए।

स्थानीय निजी विद्यालयमा कक्षा १ मा पढ्दै आएका पासवानको रहस्यमय तरिकाले मृत्यु भएको भन्दै केही व्यक्तिको उजुरीपछि सदगत गर्दै गरेको अवस्थामा प्रहरीले शवलाई नियन्त्रणमा लिएर परासीको पृथ्वीचन्द्र अस्पतालमा पोष्टमार्टमको लागी पुर्‍याएको थियो। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया