आइतबार, वैशाख १४, २०८२

हातहतियार मुद्दाका तीन अभियुक्तलाई कैद

नेपालखोज २०७६ फागुन ७ गते ८:०३

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीबाट पेस्तोलसहित पक्राउ परेका चारमध्ये तीन जनालाई जिल्ला अदालत तनहुँले कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले सोही ठाउँ बस्ने नरेन्द्र गुरुङ, प्रेयेशु भन्ने बुडुजा पुनलाई जनही छ महिना कैद र रु पाँच हजार, विपीन पुनलाई तीन महिना कैद र रु चार हजार जरिवानाको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले मङ्गलबार जानकारी दिए । सोही मुद्दामा पक्राउ परेका माहिला भन्ने अनुप घतानेले अदालतबाट सफाइ पाएका छन् ।

नर्सरीस्थित कालिका मन्दिर नजिकै गाँजा सेवन गरिरहेको अवस्थामा प्रहरीको गस्ती टोलीले उनीहरुलाई गत वैशाख २५ गते पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र सय ग्राम गाँजासमेत बरामद गरेको थियो । निजहरुविरुद्ध बिनाइजाजत हातहतियारको कारोवार गरेको अभियोगमा गत जेठ १६ गते अदालतमा मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया