शुक्रबार, असार १३, २०८२

चौबीस घण्टामा थपिए १,१६७ संक्रमित, २ को मृत्यु

नेपालखोज २०७८ पुष २५ गते १७:०८

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ८ सय ४८ पीसीआर परिक्षणका क्रममा ८ सय ४१ जना र ३ हजार ७ सय ८४ एन्टीजेन परिक्षणका क्रममा ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३० हजार ४ पुगेको छ ।

हाल नेपालमा ६ हजार ७ सय ५५ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै गत पछिल्लो चौबीस घण्टामा थप २ सय २४ संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मक्त हुनेको कुल संख्या ८ लाख १४ हजार २ सय ३० जना पुगेको छ ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संखया ११ हजार ६ सय ४ पुगेको छ ।

प्रतिक्रिया