चौबीस घण्टामा १,४४६ संक्रमित थपिए, २५५ डिस्चार्ज, २ जनाको मृत्यु
नेपालखोज
२०७८ पुष २६ गते १६:५९

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप १ हजार ४४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चाैबीस घण्टामा गरिएको ८ हजार ९६५ जनाकाे पीसीआर परीक्षणका क्रममा १ हजार ३५७ जना र २ हजार ४६४ जनाकाे एन्टिजेन परीक्षणका क्रममा ८९ जनामा कोरोना संक्रमण पुष्टि हो ।
हाल नेपालमा ७ हजार ८५५ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो चौबीस घण्टामा थप २५५ संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मक्त हुनेको कुल संख्या ८ लाख १४ हजार ४८५ जना पुगेको छ ।
त्यस्तै पछिल्लो चौबीस घण्टामा कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ६०६ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया