कोरोना बढेसँगै इण्डियन आइडल पवनदीपको कार्यक्रम स्थगित
नेपालखोज
२०७८ पुष २८ गते १९:४८

काठमाडौं । कोरोना संक्रमण बढेसँगै विभिन्न कार्यक्रमहरु प्रभावित बन्न पुगेका छन् । यही पुस ३० गते इण्डियन आइडल २०२१ विजेता पवनदीप राजनको हायात रेजेन्सीको कार्यक्रम र माघ १ गते ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) को कार्यक्रम स्थगित भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको पछिलो सूचनाअनुसार कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएका छ्न । कोरोना संक्रमण बढ्दै गएपछि भिडभाड हुने सभा सम्मेलन, कार्यक्रम धमाधम स्थगित भइरहेका छन् । आयोजकका अनुसार अर्को सूचना पछि मात्र कार्यक्रमको आगामी तयारी रहने बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया