एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण पुष्टि
नेपालखोज
२०७८ माघ १ गते १३:४६

काठमाडौं । प्रमुख प्रतिपक्षी एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण भएको छ । उपाध्यक्ष विष्णु पौडेललाई परीक्षणका क्रममा कोभिड संक्रमण पुष्टि भएको हो । उनी आजैबाट आइसोलेसनमा बसेका छन् ।
परीक्षणबाट कोभिड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षासहित आइसोलेशनको यात्रा आरम्भ भएको उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमा जनाएका छन् ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ । यसअघि नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीसहितका नेताहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया