आजबाट अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिलाई बुस्टर डोज दिँदै सरकार
नेपालखोज
२०७८ माघ २ गते ८:००

काठमाडौं । सरकारले काेभिडविरुद्धको खोप कार्यक्रम अन्तर्गत आजबाट अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिलाई बुस्टर डोज दिने भएको छ ।
सरकाले ६० वर्ष तथा सो उमेरमाथिका नागरिकलाई पनि बुस्टर डोज दिइने भएको छ । ६० वर्ष तथा सो भन्दामाथि उमेर समूहका नागरिकलाई भने माघ १४ गतेबाट खोप दिइने जनाइएकाे छ ।
स्वास्थ्य सेवा विभागका अनुसार दुवै मात्रा खोप लगाएको ६ महिना भएका नागरिकले पनि १४ गतेबाट खोप लगाउन पाउने छन् । स्वास्थ सेवा विभागले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र जिल्ला स्वास्थ्य कार्यालयलाई नागरिकलाई बुस्टर डोज दिन निर्देशन दिइसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया