कोरोना संक्रमण बढेपछि तमिलनाडुमा जनवरी ३१ सम्म विद्यालय नखुल्ने
नेपालखोज
२०७८ माघ ३ गते ६:३८

चेन्नई । कोभिड-१९ संक्रमणदरमा आएको वृद्धिपछि तमिलनाडु सरकारले जनवरी ३१ सम्म उक्त राज्यका सबै विद्यालयहरूमा पठनपाठन बन्द गर्ने घोषणा गरेको छ । राज्य सरकारले जनवरी १९ बाट सञ्चालन हुने भनिएको परीक्षा पनि स्थगित गरेको छ ।
तमिलनाडु सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्यमा कोभिड–१९ को महामारी पुनः बढेपछि सबै तहका विद्यालयहरूमा पठनपाठन तथा परीक्षाका कार्यक्रम जनवरी ३१ सम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ । यस निर्णयसँगै जनवरी १९ देखि सञ्चालन गरिनेगरी तय भएका परीक्षाका कार्यक्रम पनि तत्कालका लागि स्थगित भएका छन् ।’
तामिलनाडुमा हाल एक लाख ३१ हजारभन्दा बढीमा कोभिड–१९को सक्रिय सङ्क्रमण रहेको बताइएको छ । राज्यमा कोभिड सङ्क्रमित ३६ हजार ९६७ जनाको मृत्यु भएको छ । राज्यमा कुल सङ्क्रमितमध्ये २७ लाख ४७ हजारभन्दा बढी निको भइसकेका छन् । रासस/एएनआई
सम्बन्धित
प्रतिक्रिया