उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी
राष्ट्रियसभा निर्वाचन, एमालेको संसद अवरोधलगायत विषयमा छलफल गरिने
नेपालखोज
२०७८ माघ ४ गते १०:३१
काठमाडौं । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज (मंगलबार) बिहान बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय सभा निर्वाचनलगायत विषयमा छलफल हुनेछ ।
सरकारको नेतृत्वमा पुग्न गठबन्धन गरेका नेताहरूले राष्ट्रिय सभा निर्वाचनमा पनि गठबन्धन गरेका छन् । आज बस्ने बैठकमा निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न गरेको तयारी, एमालेले संसदमा गरेको अवरोध, कोरोना संक्रमणलगायतका विषयमा छलफल हुनेछ ।
कांग्रेस नेता रामचन्द्र पौडेल उच्चस्तरीय राजनीतिक समन्वय समितिको संयोजक छन् ।
सम्बन्धित
प्रतिक्रिया