नेपालमा पछिल्लो समय कोरोना संक्रमणकाे ग्राफ बढ्दै, एकैदिन १०,२५८ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा १० हजार २५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा ५६२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १७ हजार ८७२ जनाको पीसीआर परीक्षणबाट ८ हजार ७३० र ४ हजार ९५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ५२८ जना गरी जम्मा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ६२४ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ०४४ रहेको छ ।
हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ८ लाख १७ हजार ५४७ जना पुगेका छन् । हाल नेपालमा क्वारिन्टिनमा १०० र आइसोलेसनमा ३९ हजार ०४४ जना रहेका छन् । नेपालमा हालसम्म ८ लाख ६८ हजार २१५ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया