मंगलबार, वैशाख १८, २०८१

सरकारले पेट्रोलियम पदार्थको मूल्यमा स्थिरता कायम गर्न निगमलाई १ अर्ब ८० करोड उपलब्ध गराउने

नेपालखोज २०७८ माघ ७ गते २०:२४

काठमाडौं । नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्यमा स्थिरता कायम गर्नका लागि निगमलाई १ अर्ब ८० करोड उपलब्ध गराउने निर्णय गरेको छ ।

पछिल्लो समय निगमको घाटा निरन्तर बढ्दै गएकाे सन्दर्भमा निगमबाट इण्डियन आयल कर्पोरेशनलाई बुझाउनुपर्ने दोश्रो किस्ता वापतको रकम नपुग हुने अवस्था आएपछि निगमले मूल्य स्थिरीकरण कोषबाट नपुग रकम उपलब्ध गराउन माग गरेको थियो ।

सरकाले निगमले इण्डियन आयल कर्पोरेशनलाई यही जनवरी २३ तारिखमा बुझाउनुपर्ने दोश्रो किस्ता वापतको नपुग रकम १ अर्ब ८० करोड निगमलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

निगमले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘मूल्य समायोजन पश्चात् पनि निगमलाई १५ दिनमा करिब १ अर्ब ८८ करोड रुपैंया घाटा नै रहने अवस्था रहेको छ ।’

No description available.


प्रतिक्रिया