मंगलबार, वैशाख १८, २०८१

‘सर्वदलीय बैठक बोलाएको छैन, सञ्चारमाध्यमले अपुष्ट समाचार प्रकाशित गरे’

नेपालखोज २०७८ माघ ८ गते १२:२३

काठमाडौं । सर्वदलीय बैठक नबोलाएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । शुक्रबार साँझबाट सर्वदलीय बैठकबारे विभिन्न सञ्चारमाध्यममा समाचार आएपनि त्यसमा सत्यता नभएको कार्कीले स्पष्ट पारे ।

आज विहान ९ बजे बैठक बस्ने भनेर समाचार प्रकाशित भएपनि प्रवक्ता कार्कीले भ्रमका पछाडि नलाग्न सुझाव दिए । एमालेले पनि यसअघि नै सर्वदलीय बैठकबारे आफूहरुलाई कुनै जानकारी नभएको बताइसकेको थियो । हिजो रातिदेखि नै समाचार आएको बेला बैठक बस्ने समयमा आएर सरकारका प्रवक्ताले बैठक नै नबोलाईएको स्पष्ट पारे ।

कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा छलफल गरेर् साझा धारणा बनाएर मात्र सर्वदलीय बैठक बोलाउने बताए । उनले तीन तहका चुनाव कसरी गर्ने भनेर सुरुमा गठबन्धनमा घनिभूत छलफल गरिने बताए ।

प्रतिक्रिया