शुक्रबार, असार १३, २०८२

ओली र प्रचण्ड पत्नीलाई कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७८ माघ ९ गते १२:२८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पत्नीलाई कोरोना संक्रमण पुष्टि भएको छ । एमाले अध्यक्ष ओलीसँगै परीक्षण गर्दा उनकी पत्नी राधिका शाक्यलाई पनि कोरोना पुष्टि भएको हो ।

शनिबार एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पतिले पीसीआर परीक्षण पनि गरेका थिए । अहिले राधिका बालकोटस्थित निवासमा आइसोलेशनमा बसेक्री छन् ।

यस्तै प्रचण्ड पत्नी सिता दाहाललाई पनि कोरोना पोजिटीभ पुष्टि भएको छ । उनलाई दुई दिनअघि गरिएको पीसीआर परीक्षणबाट रिर्पोट पोजिटिभ आएको हो । कोरोना संक्रमण पुष्टि भएसँगै उनको स्वास्थ्य अवस्था जटिल भएको छ ।

सिताको ललितपुरस्थित मेडिसिटी अस्पतालमा राखेर उपचार भईरहेको छ । प्रचण्डलाई केही हप्ताअघि कोरोना पुष्टि भएको थियो । पुनः परीक्षणका क्रममा उनको रिर्पोट नेगेटिभ आएको छ ।

प्रतिक्रिया