चौबीस घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु
नेपालखोज
२०७८ माघ ९ गते १६:३६
काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएकाे १७ हजार ४३७ जनाको नमुनाकाे परीक्षण गर्दा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा चारजनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया