टेकुमा खोप अभियान स्थगित
नेपालखोज
२०७८ माघ ९ गते १६:०७
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान स्थगित भएको छ । अस्पतालका ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमा काेराेना संक्रमण भएपछि खोप अभियान स्थगित गरिएकाे अस्पतालले एक विज्ञप्ति जारी गर्दै जनाएकाे हाे ।
अस्पतालले भोलिदेखि अर्को आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित गरेकाे उक्त विज्ञप्तिमा जनाइएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया