कर्मचारी र जनप्रतिनिधिलाई कोरोना संक्रमण भएपछि ५ दिनका लागि ललितपुर महानगरपालिका बन्द
नेपालखोज
२०७८ माघ १० गते ८:१९

काठमाडाैं । ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द भएकाे छ । महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई कोरोना भाइरस संक्रमण भएकाले आजदेखि ५ दिनका लागि महानगरपालिकाबाट दिइने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालद्वारा हस्ताक्षरिक सूचनामार्फत जनाइएकाे छ ।
धेरैजसो कर्मचारीलाई सङ्क्रमण भएकाले आलोपालो सेवा दिने अवस्थासमेत नरहेकाले आजदेखि शुक्रबारसम्म महानगरपालिका बन्द गर्नु परेको उक्त सूचनामा उल्लेख गरिएकाे छ ।

सम्बन्धित
प्रतिक्रिया