थपिए ८ हजार बढी संक्रमित, ५, २९२ जना डिस्चार्ज

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ८ हजार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ र ६ हजार ७२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ हजार २०१ जना गरि कुल ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल ९० हजार ५७६ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख ३७ हजार ४ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ८९ दशमलव १ प्रतिशत रहेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६८७ पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा देशभरीबाट थप ५ लाख ५४ हजार ५६६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया