शुक्रबार, असार १३, २०८२

आज नर्सिङ दिवस, नर्सको उचित व्यवस्थापन भएन

नेपालखोज २०७८ माघ १५ गते ११:१९

काठमाडौं । नर्सिङ दिवस आज (शनिबार) विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०१८ साल माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको दिनको सम्झनामा विभिन्न कार्यक्रम गर्ने गरिन्छ ।

नर्सहरुको पेसागत हकहित र सुरक्षा गर्ने उद्देश्यले नर्सिङ संघको स्थापना भएको थियो । नेपालमा नर्सहरुले न्यून तलबमा काम गरिरहनु परेको अवस्था छ ।

बर्सेनि हजारौँको संख्यामा नर्सहरु उत्पादन भएपनि उनीहरूको उचित व्यवस्थापन हुन सकेको छैन । स्वयम्सेवीका रुपमा काम गर्न बाध्य हुँदा पेसागत सुरक्षाको प्रत्याभूत हुन नसकेको पेशागत अगुवाहरूको भनाइ छ ।

प्रतिक्रिया