थपिए ४,९०४ संक्रमित, ५,९२४ जना डिस्चार्ज

काठमाडौं । नेपालमा चौबीस घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट १० हजार १०१ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३१८ र ४ हजार ४६१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ हजार ५८६ जना गरि कुल ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल ८७ हजार ३२९ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ५ हजार ९२४ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख ४८ हजार ३६० पुगेको छ । नेपालमा कोरोना निको हुने दर ८९ दशमलव ५ प्रतिशत पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ७०३ पुगेको छ ।
गत चौबीस घण्टामा थप २ लाख ७२ हजार ७४८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया