थप ५ हजार २९२ जनामा संक्रमण, ८ जनाको मृत्यु
नेपालखोज
२०७८ माघ १७ गते १७:२१

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट १६ हजार ८८ जनाको नमुना परिक्षण गरिएको छ ।
पीसीआर परीक्षण १० हजार ३६८ जना र ५ हजार ७२० जनाको एन्टीजेन विधिबाट परिक्षण भएको हो । हाल देशभर ७९ हजार २७२ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, गत २४ घण्टामा थप ८ हजार १९१ जना कोरोना संक्रमणबाट मुक्त भइ डिस्चार्ज भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९०.५ प्रतिशत रहेको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल सङ्ख्या ११ हजार ७४३ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया