मंगलबार, वैशाख १८, २०८१

बाढीले बगाउँदा इन्डोनेसियामा ६ विद्यार्थीको मृत्यु

नेपालखोज २०७६ फागुन १० गते ७:२५

एजेन्सी । इन्डोनेसियामा हिजो शुक्रबार आएको बाढीमा डुबेर कम्तीमा ६ जना विद्यार्थीको मृत्यु भएको छ । ५ जना अझै बेपत्ता भएका छन् ।

सरकारी अधिकारीहरुका अनुसार नदीको छेउछाउबाट यात्रा गरिरहेका बेला उनीहरुलाई नदीमा आएको बाढीले बगाएको हो । झण्डै २५० जनाको समूहमा रहेका विद्यार्थीमध्ये अरु दुई दर्जन घाइते भएका छन् ।

घाइते भएकालाई स्थानीय योगाकार्तमा रहेको अस्पतालमा उपचारका लागि लगिएको छ । मृत्यु भएकाहरु सबै माध्यामिक विद्यालयका विद्यार्थी रहेको जनाइएको छ ।

सरकारी अधिकारीले हराइरहेकाहरूको खोजी कार्य तीब्ररूपमा भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया